National life
cg eloctronics

भारतसहित १४ देशमाथि अमेरिकाको नयाँ ट्यारिफ, चीनमाथि सबैभन्दा बढी ४० प्रतिशत शुल्क

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.5kShares
भारतसहित १४ देशमाथि अमेरिकाको नयाँ ट्यारिफ, चीनमाथि सबैभन्दा बढी ४० प्रतिशत शुल्क
muktinatha bikash bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतसहित १४ वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ। विभिन्न उत्पादन क्षेत्रमा अत्यधिक उत्पादन र उत्पादन क्षमता रहेको निष्कर्षसहित गरिएको अनुसन्धानपछि अमेरिकाले यस्तो कदम चालेको हो।

रोयटर्सका अनुसार अमेरिकी व्यापार कानुनको धारा ३०१ अन्तर्गत अनुसन्धान गरी नयाँ ट्यारिफ घोषणा गरिएको हो। अनुसन्धानको दायरामा भारत, चीन, युरोपेली संघ (ईयू), सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश र जापान परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

अमेरिकाले सम्बन्धित देश र उत्पादनको प्रकृतिअनुसार फरक–फरक दरमा भन्सार शुल्क लगाउने जनाएको छ। प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म ट्यारिफ लगाइनेछ। त्यस्तै, भियतनाममाथि ३५ प्रतिशतसम्म शुल्क लाग्नेछ।

everest bank

भारत र थाइल्यान्डमाथि अधिकतम २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने योजना छ। यस्तै, जापानलगायत केही देशमाथि अधिकतम २० प्रतिशतसम्म शुल्क लगाइनेछ।

नयाँ शुल्कको सूचीमा बेलायत भने समावेश छैन। यद्यपि, अनुसन्धानमा परेका सबै देशका उत्पादनमा घोषित अधिकतम दर नै लागू नहुन सक्छ।

यसअघि राष्ट्रपति ट्रम्पले केही व्यापारिक साझेदार राष्ट्रसँग ट्यारिफको अधिकतम सीमा निर्धारण गर्ने सहमति गरिसकेका छन्। त्यसैले सम्बन्धित देशसँग भएका व्यापारिक सम्झौता र सहमतिका आधारमा वास्तविक भन्सार शुल्कको दर फरक हुन सक्ने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?