National life

आज काठमाडौँको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान, मौसम कस्तो रहला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
1.2kShares
आज काठमाडौँको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान, मौसम कस्तो रहला ?
ncell

काठमाडौँ । मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको जानकारी अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेश एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौं उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने अनुमान गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?