National life

आत्महत्यालाई कसरी न्यूनीकरण गर्ने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
721Shares
आत्महत्यालाई कसरी न्यूनीकरण गर्ने ?
ncell

- मनोविद् डा.नरेन्द्रसिंह ठगुन्ना

काठमाडौँ । आज विश्व आत्महत्या रोकथाम दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्।

एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई आत्महत्या विरुद्ध सचेतनाका कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ।

मनोविद् डा.नरेन्द्रसिंह ठगुन्ना सरकारले आत्महत्या रोकथामका नीति प्रभावकारी रुपमा ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताउँछन्।

आत्महत्याका घटना बढेपछि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उनको आरोप छ।

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छन्। तथ्यांक अनुसार पछिल्लो १० वर्षमा ५६ हजार भन्दा धेरैले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो।

नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायतले आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताए। आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए।

विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/८० मा सो सङ्ख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन्।

अझ कोभिड-१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो। त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा मनोविदले जोड दिएका छन्।

मनोविद् डा.ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने आत्महत्यालाई रोक्न सकिने बताउछन्। परिवार वा अरुले बेवास्ता गरेमा मात्रै कोही व्यक्ति आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाई छ। रासस

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?