भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुर –७ सुर्यबिनायकको गुण्डुमा मखमली फुल टिप्न र माला उन्न किसानहरूलाई भ्याई नभ्याई हुन थालेको छ ।
काठमाडौँ उपत्यकाको लागि मखमली फुलको पकेट क्षेत्र मानिने गुण्डुमा हिजोआज हरेक दिन बिहान फूल टिपेर दिउँसो फूलको माला उन्न मै किसानहरू व्यस्त हुन्छन् ।

कहिले नओइलाउने मखमलीको मालालाई दीर्घायुको प्रतिकका रूपमा तिहारको भाइटिकाको दिन दिदी–बहिनीले आफ्नो दाजु–भाइलाई लगाई दिने गर्दछन् ।
किसानहरूले फूल र मालाको आकार–प्रकारको आधारमा यहाँ प्रति गोटा २० देखि ३० रुपैयाँमा मखमली फूलको माला बिक्री गर्दछन् । फुल नै भने पाथीको ४ सयमा बेच्छन् ।
गुण्डुमा बस्ने सुस्मिता गौतमले एक रोपनी जग्गा भाडामा लिएर मखमली फुल फुल खेती आएकी छिन् । यस वर्ष उनले करिब ३ हजार भन्दा माथिको माला बेच्ने लक्ष्य छ । तिन वर्षदेखि गुण्डुमा फुल खेती गर्दै आएकी उनले सयपत्री फुल पनि रोपेकी छन् । तर सयपत्री फुल भने यस पटक तिहार ढिलो परेकाले खासै बेच्न पाइनन् सुकिसक्यो ।

मखमली फुलको एउटा मालाको २७ देखि ३० रुपैयाँसम्म पर्छ, सयपत्री फुलको माला भने सटरको लागि भए ३ सय र भाइ मालाको लागि भने २ सय रुपैयाँमा बेच्ने गरेको उनको भनाई छ ।
गुण्डुमै फुल खेती गरिरहेकी मैना दियाइली, मेनुका बोहोरा लगायत त्यहाँका धेरैजसो किसानहरुले फुल खेतीबाटै जीविकोपार्जन गरिरहेका छन् ।

































