National life

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असार २०८१, सोमबार
714Shares
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
ncell

काठमाडौँ । झापा र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

झापाको कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुब्बाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यता कास्कीको पोखरा महानगरपालिका(८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमिता समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?