National life

तीन वटा कन्टेनरमा १० हजार भन्दा बढी टेन्ट लिएर सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
804Shares
तीन वटा कन्टेनरमा १० हजार भन्दा बढी टेन्ट लिएर सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रमा
ncell

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनरमा टेन्ट पठाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज राजधानीबाट तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो ।

उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको हो ।

यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाइसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?