National life

सवा ३ महिनाको अवधिमा २६ करोडको अवैध सामान बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१८ कात्तिक २०८२, मङ्गलबार
1.5kShares
सवा ३ महिनाको अवधिमा २६ करोडको अवैध सामान बरामद
ncell

काठमाडौँ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी नेपालले सवा ३ महिनाको अवधिमा झन्डै २६ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। यस अवधिमा अबैध सामान तस्करीमा संलग्न ३० जना तस्करलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालको कमान्डमा रहेका मधेस प्रदेशस्थित २ नम्बर छिन्नमस्ता बाहिनी मातहतका विभिन्न गणहरूले गत साउनदेखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेको कारबाहीमा २५ करोड ८७ लाख ९५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको बाहिनीले जनाएको छ।

अवैध सामान ओसारपसारविरुद्धको अभियानअन्तर्गत सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सास्थित गणहरूले पृथक् कारबाहीमा ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस क्रममा पर्सास्थित सशस्त्र प्रहरी नं.१३ गणले मात्र ९ करोड ९८ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो। त्यस्तै सोही अवधिमा रौतहटस्थित सशस्त्र प्रहरी बल नं.११ गण हेक्वा रौतहटले २ करोड ९४ हजार ७६८ रुपैयाँको सामग्री बरामद गरेको एसपी रामहरि अधिकारीले बताएका छन्।

मानव बेचबिखनविरुद्धको कारबाहीमा २१ जना महिलाको उद्धार गरिएको र १९ जना पुरुषलाई पक्राउ गरिएको बाहिनीले जनाएको छ। त्यस्तै, एक थान अवैध भरुवा बन्दुक बरामद पनि गरिएको छ।

लागुऔषध नियन्त्रणअन्तर्गत २८ क्विन्टलभन्दा बढी गाँजा, ३० किलो चरेस, ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित १७ जना पक्राउ परेका छन्। साथै, सशस्त्र प्रहरीले श्रोत नखुलेको ५२ लाखभन्दा बढी नेपाली र ७ लाख भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?