National life

थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
840Shares
थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड
ncell

काठमाडौं । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ ।

लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।

तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरू औषधि पनि उत्पादन गर्न सक्छौँ”, उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि रु २४ करोड बजेट विनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?