National life

दाने जग्गाको विषय मोड्न रवि लामिछानेलाई पक्राउ गरियोः स्वर्णिम वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ कात्तिक २०८१, शनिबार
725Shares
दाने जग्गाको विषय मोड्न रवि लामिछानेलाई पक्राउ गरियोः स्वर्णिम वाग्ले
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई डाम्नका लागि राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको बताएका छन् । आज पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत इगो साँध्न लामिछानेलाई पक्राउ गरिएको बताएका हुन् । दुई दिन भएपनि जेल कोचेर छाड्छु भनेर रवि लामिछानेसँग वर्तमान सरकारले इगो साँधेको उनको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘हामीलाई भरोसा छ, न्यायलय कार्यपालिकाका यी बदमास नेताहरुको प्रभावमा पर्नेछैन, दवाबमा पर्ने छैन । भेदभाव गर्नेछैन भन्ने आशा अन्तिम भरोसा हामीलाई छ । अनुसन्धानका लागि, केही दिनका लागि रविजीलाई हिरासतमा राखिएको छ । यो आवश्यक्ता थिएन । भर्खरै ८/९ घण्टा बयान दिएर आउनु भएको थियो । संसदीय प्रतिवेदनहरुमा पनि सबै लेखिएका छन् । तर, यिनीहरुलाई डाम्नु थियो, एक दिन भएपनि, दुई दिन भएपनि जेल कोचेरै देखाउँछु भनेर व्यक्तिगत इगो साँध्नका लागि यो हर्कत गरिएको कुरा घामजस्तै छर्लङ्ग छ,’– उनले भने ।

कानुनलाई बंग्याएर र अनेक दुराग्रहहरु राखेर लामिछाने र राजनीतिक अभियानलाई सकाउने दुस्प्रयास भइरहेको पनि उनले बताए । राजनीतिक हर्कतको आफूहरुले राजनीतिक रुपमै प्रतिकार गर्ने उनले बताए । गत उपनिर्वाचनमा चितवन र तनहुँबाट रास्वपाका उम्मेदवारलाई जनताले अनुमोदित गरेसँगै कांग्रेस–एमाले तर्सिएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय अहंकार र दम्भ रहेको उनले बताए । एमालेले व्यवसायी मिनबहादुर गुरुङबाट लिएको दाने जग्गाको विषय मोड्नलाई पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको उनको दाबी छ । नेता वाग्लेले अब ओली नेतृत्वको सरकारले मिनबहादुर गुरुङको मुद्दालाई निश्पक्ष रुपमा टुङ्ग्याउन नदिने ठोकुवा गरे ।

‘मीनबहादुर गुरुङले एक अर्बको घुस अहिलेको सत्ता हाँक्ने नेतामार्फत उनका पार्टीका अधिकांश नेताहरुलाई पनि थाहा नदिएर कीर्तिपुरमा करिब एक करोड मूल्यको, ६० करोड जतिको जग्गा, ३०/४० करोडको भवन बनाएर अर्को घटस्थापनामा त साँचो बुझाउँछु भनेका छन् । त्यो किन गरिराखेका छन् ? त्यो लेनदेनको आधार को हो ? मुद्दा चलिराखेको छ ।’ उनले भने, ‘ललिता निवास काण्डमा मुछिएको मान्छे, अहिलेका अर्थमन्त्री, अहिलेका सत्तारुढ दलका थुप्रै नेताहरु ८ आना, ९ आना, १२ आना सेटिङ मिलाइदिएवापत दिइएको यिनीहरुलाई यी धनाड्य मीनबहादुर गुरुङ । अब तपाईँलाई लाग्छ, केपी ओलीले मिनबहादुरको मुद्दा अगाडि बढाउँछन् ?’

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?