National life

नेपाली फ्रिल्यान्सरले अन्तर्राष्ट्रिय भुक्तानी अब सोझै खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
1.1kShares
नेपाली फ्रिल्यान्सरले अन्तर्राष्ट्रिय भुक्तानी अब सोझै खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने
ncell

काठमाडौं। खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । यस रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।

यसका लागि विदेशी सेवामा काम गरेको रकम पाउन खल्ती एपबाटै ‘भुक्तानी अनुरोध’ पठाउन सकिने छ । अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी बाहकले स्ट्राइप गेटवे मार्फत एसीएच, सेपा, भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे र इ–बैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै खल्ती एकाउन्टमा रकम भुक्तानी दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तो भुक्तानी रकम नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै जम्मा हुनेछ । यसबाट भुक्तानीका लागि हप्तौँ कुर्नुपर्ने झन्झट अन्त्य भएको छ।

यसरी स्ट्राइपसँगको साझेदारी मार्फत निर्माण गरेको ‘भुक्तानी संरचना’ ले सुरक्षित, नियामकको मापदण्ड बमोजिम भरपर्दो अन्तरदेशीय कारोबार सुनिश्चित गर्ने जनाइएको छ।

नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम

नेपालको डिजिटल जनशक्तिले वर्षौंदेखि भोग्दै आएको अन्तर्राष्ट्रिय भुक्तानी संकलनमा देखिएको समस्यालाई आइएमई खल्ती र स्ट्राइपको यस साझेदारीले समाधान दिने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी लिने प्रक्रियामा भएको अवरोध कम गर्दै यसले नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा योगदान दिनेछ ।

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी प्रवीण रेग्मीले नेपाली उद्यमी र डिजिटल ट्यालेन्टहरूका लागि विश्वव्यापी रूपमा कमाउने र सो रकम तत्काल प्राप्त गर्न यो साझेदारीले ढोका खुलेको बताएका छन्। यो पहल नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण माइलस्टोन रहेको र यसले स्वदेशी डिजिटल वालेटले परिष्कृत र एकीकृत अन्तरदेशीय कारोबारमा सहजता प्रदान गर्ने पनि प्रमुख कार्यकारी रेग्मीले उल्लेख गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?