National life

मारवाडी सेवा समिति नेपालद्वारा भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
716Shares
मारवाडी सेवा समिति नेपालद्वारा भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण
ncell

काठमाडौं । गत शुक्रवारका राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भूकम्पले तहसनहस पारेको जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई मारवाडी सेवा समिति नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ ।

मारवाडी सेवा समाजले कार्तिक २३ गतेका दिन पशुपति गौशाला धर्मशालामा एक कार्यक्रम गरी नेकपा माओवादीका नेता माननीय वर्षमान पुन मार्फत फाइबरको सिरक ५७० थान, पी.फम मेट ५०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गृह मन्त्रालय मार्फत २६५ थान फाइबर सिरक र ४०० थान पी फम पठाइएको मारवाडी सेवा समाजले जानकारी दिएको छ ।

राहत हस्तान्तरणको अवसर पारेर नेकपा माओवादीका नेता वर्षमान पुनले गाई गोठ, डाइलेसिस सेन्टरको अवलोकन गर्नुका साथै गौशाला धर्मशालाबाट सञ्चालित सेवा कार्यहरूको बारेमा जानकारी लिएका थिए।

राहत हस्तान्तरण कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उपाध्यक्ष नारायण बजाज, महासचिव प्रमोदकुमार अग्रवाल(चौधरी), कोषाध्यक्ष श्री श्री धर्मेन्द्र अग्रवाल , सचिवद्धय सन्दिप माखरिया, सन्तोष खेतान, मदन मित्तल गौशाला धर्मशालाका सह कोषाध्यक्ष अशोककुमार अग्रवाल(गर्ग), का.स. श्री महावीर पोद्दार, मारवाडी युवा मञ्चका महासचिव प्रकाश केजडीवाल, सचिव श्री रितेश जाजोदिया लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?