National life

राष्ट्र बैंकद्धारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ संशोधन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
608Shares
राष्ट्र बैंकद्धारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ संशोधन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ संशोधन गरेको छ ।

केन्द्रिय बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ को प्रथम संशोधन सहितको संशोधित विनियमावली’ जारी गरेको हो ।

बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउनका लागि विनियमावली संशोधन गरिएको केन्द्रिय बैंकले जनाएको छ ।

संशोधित विनियमावलीमा खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रियामा केही थप भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघिको व्यवस्थामा सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्रप्राप्त संस्थामा गरेको पत्राचार बमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा नपर्ने जनाएको छ ।

त्यस्तो पत्राचार बमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

बैंक खाता फुकुवा गरिने सम्बन्धमा ‘खाता फुकुवा गरिएको जानकारी राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था पनि विनियमावलीमा थप भएको छ ।

यस्तै राष्ट्र बैंकले अल्पकालीन अवधिको लागि खाता रोक्का गर्ने व्यवस्था समेत गरेको छ । विनियमावलीमा प्रचलित कानून बमोजिम अख्तियारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खाताको विवरण इजाजतपत्रप्राप्त संस्थालाई पत्राचार गरी सोझै माग गर्न सक्ने व्यवस्था पनि थपिएको केन्द्रिय बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकले प्रचलित कानून बमोजिम सेफ डिपोजिट भल्ट लकर सोझै रोक्का गर्ने व्यवस्था भएमा अख्तियारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको त्यस्तो सेफ डिपोजिट भल्ट लकर रोक्काका लागि इजाजतपत्रप्राप्त संस्थालाई सोझै पत्राचार गर्न सक्ने व्यवस्था समेत संशोधित विनियमावलीमा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?