National life

राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ सम्पन्न हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
557Shares
राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ सम्पन्न हुने
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले (इन्ह्यान्सिङ क्वालिटी फर सस्टेनेवल बैंकिङ ग्रोथ) का लागि आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ आयोजना गर्ने भएको छ । बैंकले हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा छलफल गर्ने भएको हो ।

नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कन्फ्रेन्समा अर्थविद् डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्नेछन् ।

कार्यक्रममा अर्थविद् डा.वाग्लेको कि नोट्स मन्तब्य हुनेछ भने बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न हुनेछ । कार्यक्रममा करिब ४ सय ५० जनाको उपस्थिति रहने छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?