National life

बञ्चरेडाँडाबासी आन्दोलित,असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
644Shares
बञ्चरेडाँडाबासी आन्दोलित,असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने
ncell

काठमाडाैं । बञ्चरडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।

संघीय सरकार र काठमाडौं महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने उनीहरूले बताएका छन् ।

बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘फोहोर र मानिस सँगै बस्न सक्दैनौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीलाई यहाँबाट हटाइयोस् र फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गरायौं, तर, कतैबाट पनि सुनुवाइ भएन ।’

फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे । त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए ।

‘सिसडोलको अवस्था पनि त्यस्तै छ। बञ्चरेडाँडामा पनि व्यवस्थित तरिकाले फोहोर फालिएको छैन । सिसडोलकै शैलीमा थुपारिएको छ । जसका कारण यो तीन महिना हामीले ज्यादै नै सास्ती व्यहोर्नुपर्‍यो । खेतबारीमा बालीनाली लगाउने अवस्था छैन । फोहोरको दुर्गन्धले मानिसको स्वास्थ्य त बिग्रँदो छ नै, पशुचौपायाको अवस्था पनि नाजुक बन्दै गइरहेको छ,’ उनले भने, ‘सधैँ यही कुरा गरेर आन्दोलित भइरहनुभन्दा असोज १ गतेबाट फोहोर फाल्न पूर्ण रूपमा रोक लगाउन लागेका हौं ।’

उनले यसबीचमा २७ वटा निकायलाई ध्यानाकर्षण पत्र बुझाएको बताए ।

‘प्रधानमन्त्री कार्यालयदेखि, सुरक्षा निकायसम्म पत्र बुझाएका छौं,’ उनले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं । यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं । अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं ।’

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ ।

साउनमा सिसडोल र बञ्चरेडाँडाका नागरिक आन्दोलित भएका थिए । त्यसपछि सिसडोलको फोहोर माटोले पुर्ने, बञ्चरेडाँडामा फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, दुर्गन्ध कम गर्न किटनाशक औषधी छर्कनलगायत समझदारी भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?