National life

चालु आर्थिक वर्षकाे पहिलो महिनामा निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
584Shares
चालु आर्थिक वर्षकाे पहिलो महिनामा निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ?
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार २ लाख १३ हजार ८२८ वटा बीमालेख विक्री गरी ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसाय ११.०९ प्रतिशतले घटेको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको साउन महिनामा चार अर्ब ४८ करोड २९ लाख रुपैयाँको व्यवसाय भएकोमा चालु आवमा जम्मा तीन अर्ब ९८ करोड ५८ लाख रुपैयाँको निर्जीवन बीमा व्यवसाय भएको छ ।

साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड १५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यसैगरी सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँबराबर व्यवसाय गरेको छ ।

हिमालयन एभरेस्ट इस्योरेन्स कम्पनीले ३४ करोड ३७ लाख, शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड ६८ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्से ३० करोड ४० लाख, राष्ट्रिय बीमा कम्पनी २९ करोड ४४ लाख, युनाइटेड अजोड २६ करोड ४६ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँबराबर व्यवसाय गरेका छन् ।

त्यस्तै नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्स २४ करोड ८ लाख, दि ओरिएन्टल इन्स्योरेन्स २० करोड ७२ लाख, नेसनल इन्स्योरेन्स १९ करोड ६० लाख, सानिमा जिआइसी १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?