National life

अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास हो यसकारण कुनै हालतमा पास हुैदनः प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
681Shares
अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास हो यसकारण कुनै हालतमा पास हुैदनः प्रचण्ड
ncell

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताए ।

अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्।

आज नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। तर, सरकार अनेक हत्कण्डा अपनाएर पास गर्न लागिपरेको समेत उनको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष प्रचण्डले अध्यादेश पास गराउन करोडौँको चलखेल हुन थालेको आफूले सुनेको बताए। ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन। राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन’, उनले भने

करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ। तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन। केही अध्यादेश त पास हुँदैनन् नै यसमा हाम्रो पाटी अधिक रुपमा उभिएको छ । प्रचण्डले भने

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?