National life

अनुत्तीर्ण राहत, अनुदान र करारका शिक्षकलाई पैसा दिएर बिदा गर्नुपर्छ : सांसद शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
817Shares
अनुत्तीर्ण राहत, अनुदान र करारका शिक्षकलाई पैसा दिएर बिदा गर्नुपर्छ : सांसद शर्मा
ncell

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले विद्यालयहरूमा कार्यरत राहत, अनुदान र करारका शिक्षकहरू आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदाइ गर्नुपर्ने बताएकी छन्।

आज आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएकी हुन्।शर्माले सम्पूर्ण विद्यालयहरूमा कार्यरत राहत शिक्षक, उच्च मावि अनुदान, करार, विशेष शिक्षक, शहीद स्मृति विद्यालयका शिक्षक, प्राविधिक धार शिक्षण सिकाई अनुदान, शिक्षाको हकमा सबैलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट परीक्षा लिई सफल हुने सबैलाई स्थायी गर्न आवश्यक रहेको बताइन्।

समितिको बैठकमा बोल्दै संशोधनकर्ता सांसद स्वराज अहमद फारुकीले विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले मदरसा शिक्षामा उत्तीर्णहरूको अहिलेसम्म मान्यता नभएको भन्दै त्यसको व्यवस्था गर्नुपर्ने माग गरे। उनले शिक्षा अधिकार आयोगको गठन गर्न पनि माग गरे।

उनले विद्यालय शिक्षासम्बन्धी नीति, कानुन, योजना, व्यवस्थापन अनुगमन, समायोजन गर्न प्राज्ञिक तथा नीतिगत सुझाव प्रदान गर्ने गरी एउटा स्वायत्त शिक्षा अधिकार आयोग गठन गर्ने व्यवस्थालाई शिक्षा ऐनमा समेट्न माग गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?