काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा देखिएको विद्यमान समस्याहरूलाई सम्बोधन गर्ने बताएका छन् ।
शुक्रवार सार्वजनिक भएको मौद्रिक नीति अर्थतन्त्रको लागि राम्रो भएको अर्थमन्त्री पौडलेको भनाई छ । अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रूपमा आएको छ, अर्थमन्त्री पौडेलले भने(मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउने छ ।
अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरूलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरेका छन् ।
मौद्रिक नीति जारी गरे लगत्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका थिए ।




































