National life

अर्थमन्त्री पुन नआएको भन्दै प्रतिनिधिसभा बैठक स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
779Shares
अर्थमन्त्री पुन नआएको भन्दै प्रतिनिधिसभा बैठक स्थगित
ncell

काठमाडौँ। प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनको अनुपस्थित भएको भन्दै बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमाथि धारणा राख्दा अर्थमन्त्री बैठकमा उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको हो।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल गर्दा कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले बजेट माथि आफ्नो धारणा राखेका हुन् ।

त्यसपछि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै उनको खोजीनिती गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिएपछि सभा स्थगित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?