काठमाडौँ । आइटी क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। ्
प्रधानमन्त्री ओलीले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्त्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए। उनले नेपालले तीव्रताका साथ विकासका कामहरूअघि बढाइरहेको उल्लेख गर्दै आइटी क्षेत्रमा पनि उल्लेख्य रूपमा अघि बढिरहेको बताए।
देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको बताए। प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशील बनाउन सरकारले काम गरिरहेको बताए। सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यम स्तरको आय भएको देशमा पुर्याउन चाहेको बताए।
उनले भने, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको छ। नेपाल अगाडि बढ्दै छ। अझ तीव्रताका साथ अगाडि बढ्न चाहिरहेको छ।ु
उनले समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरू रोकिएको भए पनि अहिले विकास निर्माणका कामले गति पाएको बताए। प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकारले अघि बढेको बताए।


































