National life

आगामी वर्षको नीति तथा बजेटमा पूर्वलाई प्राथमिकतामा राखिएको छ: प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
507Shares
आगामी वर्षको नीति तथा बजेटमा पूर्वलाई प्राथमिकतामा राखिएको छ: प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्व प्राथमिकता भित्रै रहेको बताएका छन् ।

माओवादी केन्द्र, प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको स्मरण गर्दै अध्यक्ष दाहालले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री दाहालले आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्ने गरी ल्याइने स्पष्ट पारे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले भने समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ।बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नुभएको छ। हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।’

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?