National life

आयुर्वेदिक औषधि उत्पादनमा वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
698Shares
आयुर्वेदिक औषधि उत्पादनमा वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन
ncell

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्। सिंहदरबारस्थित वैद्यखानामा औषधिको मात्रा बढाउन आग्रह गरेका हुन् ।

वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरूलाई भने, “बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस्।”

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ रु आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस्” उनले भने।

कर्मचारीहरूले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?