काठमाडौँ । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा शुक्रवार साँझ निरन्तर रूपमा विद्युत् अवरुद्ध भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सामाजिक सञ्जालमा चर्को विरोध भएसँगै विद्युत् अवरुद्धको कारण आफू नभएको स्पष्ट पारेका छन् ।
शुक्रवार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक शाक्यले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेका हुन । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको स्मरण गर्दै वर्षा शुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने उनको भनाई छ ।
बत्ती जानुमा अहिले अन्य कारण केही नभएको उनको भनाई छ ।
उनले भने, ‘पश्चिमको लाइन ट्रिप भएका कारणले करिब २ घण्टा विद्युत् प्रसारण अवरोध भएको हो। करिब ८ बजे मात्र ढल्के बर–मजफरपुर प्रशारणलाईन नियमित भएसँगै विद्युत् आपूर्ति सहज भयो। त्यसैले ढल्के बर–मजफरपुर लाइन कति महत्त्वपूर्ण छ भन्ने कुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।
हरेक पटक आउने समस्या समाधानका लागि ‘राइट म्यान, राइट प्लेस’ नै छ। तर, उत्पादन लगायतका पूर्वाधारमा जति लगानी भएको छ त्यस अनुसार काम हुन सकेको छैन । निम्ति, बाह्रबिसे र लफ्सेफेदी सञ्चालनमा आउन नसक्दा केही समस्या पक्कै छ । तरपनि अन्डरग्राउण्ड अपरेशन सञ्चालनमा आएसँगै काठमाडौँमा समस्या आउँदैन । किनकि काठमाडौैंमा हावाहुरी आयो काठमाडौँमा र तराईमा हावाहुरी आउँदा तराईमा समस्या आउने हो ।


































