National life

काठमाडौँका उपत्यका भित्रका यी स्थानमा आज ९ घण्टासम्म विद्युत् अवरुद्ध हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ वैशाख २०८१, शनिबार
836Shares
काठमाडौँका उपत्यका भित्रका यी स्थानमा आज ९ घण्टासम्म विद्युत् अवरुद्ध हुने
ncell

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका विभिन्न स्थानमा आज साढे २ घण्टादेखि ९ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने जनाएको छ ।

ती स्थानहरूमा लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सट डाउन गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्राधिकरणका अनुसार जोरपाटी वितरक केन्द्रको मूलपानी फिडर अन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थली लगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै डांछी फिडर अन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिण ढोका, होटल नोर्लिङ,ग्रिनहिल सिटी लगायतका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने पानीट्यांकी, अनामनगर पूर्वी गेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतो पुल, मैतीदेवी जाली कारखाना, घट्टे कुलो, गोरखा एफएम लगायतका क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
836SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?