National life

इरान पुगेका श्रेष्ठको सम्बोधन 'एकीकृत,उदार तथा समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोणमा जोड' 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
482Shares
इरान पुगेका श्रेष्ठको सम्बोधन 'एकीकृत,उदार तथा समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोणमा जोड' 
ncell

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले इरानको तेहरानमा जारी एशिया सहयोग संवाद (एसीडी)को १९ औं बैठकलाई सम्बोधन गरेका छन्।

आजबाट सुरु भएको एसीडीको मन्त्री स्तरीय बैठकमा श्रेष्ठले क्षेत्रीय सहकार्य र बहुपक्षवादप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले बताएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै उनले ‘एसीडी भिजन २०३०’, विकास, स्थिरता तथा समृद्धि प्राप्त गर्ने ‘एसीडी ब्लू प्रिन्ट २०२१–२०३०’ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। परराष्ट्र मन्त्री श्रेष्ठले बैठकमा कोभिड–१९,  जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्विताले दिएको चुनौतीबारे चर्चा गरेका थिए।

अझ एकीकृत, उदार तथा समृद्ध एशियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र सामूहिक सहयोगमाथि समेत उनले जोड दिएका थिए। बैठकको अध्यक्षता इरानका कार्यवाहक परराष्ट्र मन्त्री अलि बाघेरी कानीले गरेका थिए। कानीसँग मन्त्री श्रेष्ठले आइतबार साँझ भेटवार्ता गरेका थिए।

बैठकमा सदस्य देश र विभिन्न अन्तर्राष्ट्रिय संगठनगरि ४१ प्रतिनिधिमण्डलको उपस्थिति रहेको छ। एशियाली देशहरूबिच एकता बढाउने उद्देश्यले दुई दशकअघि एसीडी स्थापना भएको हो।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?