National life

उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्न अध्यादेश ल्याएका हौः अर्थमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
731Shares
उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्न अध्यादेश ल्याएका हौः अर्थमन्त्री
ncell

काठमाडौँ। सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्न अध्यादेश ल्याएका छन्।

विश्व भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार विशेष परिस्थितिमा बनेकोले आफ्नो अभिभारा पूरा गर्ने बताएका छन्।

उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए।

साथै, सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको उनको भनाई छ ।

उपप्रधानमन्त्री पौडेलले राजश्व सङ्कलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?