National life

उत्पादन भन्दा खास विषय त उत्पादित वस्तु बजारीकरण गर्नु रहेछ: युवा उद्यमी दुवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
707Shares
उत्पादन भन्दा खास विषय त उत्पादित वस्तु बजारीकरण गर्नु रहेछ: युवा उद्यमी दुवाल
ncell

काठमाडौँ । युवा उद्यमी तथा इन्जिनियर समेत रहेका कृष्णभक्त दुवालले कुनै पनि वस्तु निमार्ण वा उत्पादन गर्ने विषय भन्दा  त्यसलाई बजारीकरण गर्ने विषय महत्त्वपूर्ण रहेको जनाएका छन् ।

बजार पाउनका लागि बजारको मागबारे अनुसन्धान आवश्यक भएको बताउँदै दुवालले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा भइरहेको एन्टरपेनरसीप सपोर्ट प्रोग्राम अन्तर्गत बुधवार सञ्चालन भएको कार्यक्रममा उनले उत्पादन गरेको वस्तुलाई बजारमा बिकाउनु ठुलो विषय भएको अनुभव साटेका छन् ।

यसका लागि प्रत्येक उद्यमीले बजारको अध्ययन गर्नु पहिलो आवश्यकता रहेको अनुभव दुवालले सुनाए ।

विद्यार्थीहरूलाई सफल उद्यमी बन्नको लागि अरू धेरै कुरामा ध्यान दिनुपर्ने अनुभव उनले सुनाए।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सफल हुनका लागि राजनैतिक, भौगोलिक, सामाजिक, आर्थिक तत्त्वहरूको ठुलो भूमिका रहने उनको अनुभव छ ।यसका साथै अहिलेको जमाना प्रचारप्रसारको रहेकाले यसलाई पनि विशेष ख्याल राख्नुपर्ने सुझाए।

सफल उद्यमी हुनलाई सामाजिक सञ्जालले पनि विशेष सहयोग गर्ने गरेको अनुभव उनले पोखे । त्यसैले उद्यमीले आफ्नो व्यवसायलाई प्रचारप्रसार र प्रवर्धन गर्नका लागि विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्नु पर्दछ, उनले भने । यस्तै, उद्यमीले उपभोक्ताका आवश्यकता वा माग के छ भनेर बुझ्न जरुरी छ, उनले भने,  कस्तो वस्तुले बढी बजार लिन्छ भनेर पनि अध्ययन गर्नुपर्दछ ।

नयाँ वस्तु तथा सेवाको उत्पादन गर्न सकेमा मात्र त्यसले बजारमा अधिकार जमाउन सक्ने अनुभव उनले साटेँ । स्थानीय स्रोत, साधनको उपयोग गरी व्यवसाय सुरु गरेमा यस्ता व्यवसायहरू दिगो रूपमा अगाडि बढ्न सक्ने उनले बताए । प्रशिक्षणको अन्त्यमा इएसपी कार्यक्रमका कोषाध्यक्ष एवं कलेजका सहप्राध्यापक प्रनेश बाटीले प्रशिक्षक दुवाललाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा कलेजमा व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । कार्यक्रम अन्तर्गत दैनिक एक जना विषय विज्ञ व्यवसायीसँग सम्बन्धित विषयमा विद्यार्थीहरूलाई जानकारी गराउने कार्यक्रम चल्दै आएको छ । विद्यार्थीलाई आगामी दिनमा स्वरोजगार बनाई विदेश पलायन हुने समस्याबाट थोरै मात्रै भए पनि सहयोग गर्ने उद्देश्यले कार्यक्रम चलाएको कलेजले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?