National life

एनसेलले नीतिगत भ्रष्टाचार गरेको छ तुरुन्तै छानबिन गरिनुपर्छ : सांसद वाग्ले

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
706Shares
एनसेलले नीतिगत भ्रष्टाचार गरेको छ तुरुन्तै छानबिन गरिनुपर्छ : सांसद वाग्ले
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले एनसेलले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले प्रभावशाली व्यक्तिलाई सिंगापुर घुमाएर‘  एनसेलले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हुन । राजनीति दल, नीति निर्माता र मिडियालाई प्रभावमा पारेर तथा नेताका श्रीमती र पुत्रलाई सिंगापुर घुमाएर अहिलेको अवस्था आएको वाग्लेको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डा.वाग्लेले प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बुधवारको बैठकमा नेपालमा शरणार्थी र स्टक काण्ड हुँदै अहिले एनसेल काण्ड आएको बताएका छन् । उनले आजियटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र काटेर बोलाउन समितिलाई आग्रह समेत गरेका छन्।

‘समितिले यो घटनालाई किनारा नलगाए देशलाई नै क्षति पुग्ने,’ उनको भनाई छ । उनले थपे आजियटाका सीईओलाई बोलाउनुपर्छ, लगानी सम्मेलन गर्छु भन्ने अनि नेपालमा भएको कम्पनीले देशलाई धारे हात लगाउनु राम्रो होइन ।’

नेपालको कर र लाइसेन्स प्रणालीका विषयमा छलफल आवश्यक रहेको सांसद वाग्लेले बताए । तजबिजी अधिकारले अर्बौँको भ्रष्टाचार भएको वाग्लेको आरोप छ । खेल्न पाइन्छ भनेर नै कतिपय कानुनमा ग्रे एरिया राखिएको उनको तर्क छ । अदालतलाई प्रभावमा पारेर अर्बौँ असुल्दा पनि हाम्रो ऐन कानुन अस्पष्ट छ,’ उनले भने, ‘विदेशीले नेपालमा लगानी गरे नेतालाई साझेदार नबनाई काम नहुने नजिर छ।''

दायित्व र ऋण पन्छाउने तर लाभांश लिइरहने भन्नु साढे ६ अर्बको मात्रै भन्दा पनि ५०-६० अर्बको कारोबार हुनसक्ने वाग्लेको भनाई ।   एनसेलका कारण नेपालमा आउने अन्य विदेशी लगानीलाई निरुत्साहित बनाउने काम भएको उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?