काठमाडौँ। अर्थ समितिको बैंठकमा आफ्ना विचार राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई पनि भएकाले बैंकरले सहयोग गर्नका निमित्त आग्रह गरेका छन् ।
गभर्नर अधिकारीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा सहयोग गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । संघीय संसद्को अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले कसैले उजुरी दिएमा कर्जाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई पनि भएकाले यसमा सहयोग गर्न आग्रह गरेका हुन्।
’बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले पनि नियमन तथा सुपरिवेक्षण नियमितरुपमा गरिरहेकै हुन्छ।
देउराली सहकारीमार्फत कर्जा दुरुपयोगको विषयमा प्रहरीले अनुसन्धान गर्ने क्रममा तत्कालीन सीईओ तुलसीराम गौतम र हाल प्रभु बैंकका डीसीईओ मनोज न्यौपानेलाई पक्राउ गरेपछि बैंकर्स संघ तथा निजी क्षेत्रका संघ संस्थाले विरोध गरिरहेका छन्।
असल नियतका साथ काम गरेको भए डराउनु नपर्ने र यसमा राष्ट्र बैंकले पनि सहयोग गर्ने गभर्नर अधिकारीले बताएका छन्। गभर्नर अधिकारीले अर्थ समितिमा बैंक वित्तीय क्षेत्रहरू सबल अवस्थामा रहेकोसमेत बताएका छन्। गभर्नर अधिकारीले नेपालको बाह्य क्षेत्र सुदृढ अवस्थामा रहेको बताए। करिब १४ महिनाको आयात धान्ने पर्याप्त हुने विदेशी मुद्राको सञ्चिति रहेको उनले जानकारी दिएका छन् ।


































