National life

कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा ध्यान दिन अर्थमन्त्री पौडेलको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
1KShares
कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा ध्यान दिन अर्थमन्त्री पौडेलको आग्रह
ncell

काठमाडौँ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन सुझाव दिएका छन्।

सोमबार साँझ कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सवमा प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री पौडेलले उक्त सुझाव दिएका हुन्। अर्थमन्त्री पौडेलले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

अर्थमन्त्री पौडेलले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले नेपाल वायुसेवा निगममा लगाएको लगानीमा सरकार ग्यारेन्टी बसेको भन्दै त्यहाँ रहेको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ रु भन्ने कुरालाई सूक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिएका हुन । उनले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसाबले काम गर्नु जरुरी देखिएको बताए ।

''कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफल के भइरहेको छ । संस्थाले त्यसतर्फ पनि ध्यान दिनुपर्छ । नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको छ । त्यसमा २७ अर्ब बढी लगानी उठ्न बाँकी छ । त्यो रकम उठाउनको लागि आफैँ पहल गर्नुहुन्छ वा सरकार ग्यारेन्टी बसेको छ भनेर बस्नुहुन्छ रु यस्ता विषयहरू छन् । यस्तै अन्य गाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने कुरालाई सूक्ष्म ढङ्गले हुर्नुपर्छ । प्रतिफललाई अझ बढी कसरी बढाउने त्यस ढङ्गले सोच्नुपर्छ।'' अर्थमन्त्री पौडेलले भने

 

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?