National life

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवन शैली बनेको छ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
453Shares
गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवन शैली बनेको छ: प्रधानमन्त्री
ncell

काठमाडौँ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गणतन्त्र नागरिकको जीवनशैली भइसकेको बताएका छन् ।

१७औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताएका हुन्।

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवन शैलीसमेत भएको र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति भएको उनको भनाइ छ ।

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको जनाउँदै उनले यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्रीले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२र६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका सहिदहरूको स्मरण गर्दै प्रधानमन्त्रीले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गणतन्त्र प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले बेपत्ता दिदीबहिनी दाजुभाइप्रति सम्मान प्रकट गरे ।

यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि शुभकामना दिँदै शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव भएको बताउँदै संविधानको इमानदारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिकरसमावेशी शासन प्रणाली र सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?