National life

गैर सहकारी व्यक्तिहरूको प्रवेशका कारण सहकारी क्षेत्र बदनाम भएको छ: अध्यक्ष वली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
877Shares
गैर सहकारी व्यक्तिहरूको प्रवेशका कारण सहकारी क्षेत्र बदनाम भएको छ: अध्यक्ष वली
ncell

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही सहकारीमा गैर सहकारी व्यक्तिहरू प्रवेश भएको कारण सहकारी क्षेत्र बदनाम भएको बताएका छन् ।

एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई आज सुरुङ्गामा सम्बोधन गर्दै अध्यक्ष वलीले तिनै गैर सहकारी व्यक्तिले सहकारी ठगेको टिप्पणी गरेका छन् । कतिपय सहकारी सर्वसाधारणका पैसा ठगिखाने ठाउँ बनेको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लगाए ।

‘केही सहकारी मान्छेलाई ठगी खाने ठाउँ बनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केहीमा भने गैर सहकारी व्यक्तिहरू पसेर बदनाम गरेर ठगेका छन् । लाखौँ मान्छे लुटिएका छन् । अर्बौँ लुटेका छन् । त्यो समस्याबाट मुख्य गराएर सहकारीलाई प्रभावकारी माध्यम बनाउनुपर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले सहकारी समस्या समाधान गर्न एमालेका सबै तहका नेताले अगुवाइ गर्नुपर्नेमा जोड दिए ।ओली चुनावी अभियानका लागि इलाम प्रस्थान गर्ने क्रममा झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?