National life

घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्ने सरकारसँग स्पष्ट नीति छ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
663Shares
घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्ने सरकारसँग स्पष्ट नीति छ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठुलो सङ्ख्या रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्नलाई सरकारको स्पष्ट नीति रहेको बताएका छन् ।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिँदै उद्योग प्रवर्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री पौडेलले भने , ‘घरेलु तथा साना उद्योगको महत्त्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठुलो सङ्ख्यामा रोजगारीका रूपमा यो क्षेत्रमा आबद्ध रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ ।’

सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा रहेको भन्दै उनले विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?