National life

चार संगठनद्धारा सार्वजनिक निष्कासन प्रक्रिया नरोक्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
667Shares
चार संगठनद्धारा सार्वजनिक निष्कासन प्रक्रिया नरोक्न माग
ncell

काठमाडौँ । सेयर बजारका विभिन्न चार संगठनहरूले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढाउनका लागि संयुक्त रूपमा माग गरेका छन्।

नेपाल सेयर धनी संघ, नेपाल धितो पत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

धितो पत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि प्राथमिक सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढ्न नसकिरहेको उल्लेख गर्दै यी संगठनहरूले यसलाई सुचारु गराउनुपर्ने माग गरेका राखेका छन्। अति योग्य कम्पनी बाहेक प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्कासन गर्न निरुत्साहित गर्नका लागि समेत संघहरूले जोडदार माग गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीहरूको सेयर जारी गर्दा नेटवर्क, लाभांश क्षमता, व्यावसायिक योजना एवम् कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गरी निष्कासन अनुमति दिन संघहरूले सुझाव दिएका छन् ।

नेपालको पूँजीबजारको आकार दिनप्रतिदिन बढिरहेको अवस्थामा आगामी दिनमा यसको क्षेत्र व्यापक रूपमा विस्तार गर्न सकिने सम्भावनालाई संघहरूले औल्याएका छन् । पूँजी बजारलाई चुस्त पारदर्शी एवम पूण व्यावसायिक बनाउन सके यसले अर्थतन्त्रमा ठुलो योगदान गर्न सक्ने कुरालाई पनि संघहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पुस २१ गतेदेखि बोर्डमा अध्यक्ष पद रित्तो हुँदा लगानीकर्तामा अन्यौलता रहेको र यसलाई मध्यनजर गर्दै नेपाल सरकारबाट बोर्डमा योग्य, इमानदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूँजी बजार सम्बन्धी ज्ञान भएको, धितो पत्र बजार् नियामकहरूको अन्तर्राष्ट्रिय संस्था (आईओएससीओ) को सिद्धान्त बुझेको व्यक्तिलाई अध्यक्षको जिम्मेवारी सुम्पने गरी अध्यक्ष नियुक्ति प्रक्रिया पुरा गर्न समेत संघहरूले आग्रह गरेका छन् ।

मौद्रिक नीति स्वागतयोग्य त तथापि लगानीकर्ताले उठाएका कतिपय जायज मागहरूमा सेयर धितो कर्जाको जोखिम भार घटाउने एवम् एकल ग्राहक मार्जिन प्रकृतिको सेयर कर्जामा लगाएको १५ करोड रुपैयाँको सीमा हटाउने, लघुवित्त कम्पनीको लाभांश वितरणमा लगाएको क्याप हटाउने लगायत सम्बोधन हुन नसकेकोमा संघहरूले दुःख ब्यक्त गरेका छन्।

देशमा विद्यमान आर्थिक मन्दीलाई कम गर्न आर्थिक क्षेत्र चलायमान बनाउने गरी नवनियुक्त माननिय अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट लिएको पहल कदमलाई संघहरूले धन्यवादको पात्र बनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?