National life

आजदेखि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, ४९ लाख कित्ता निष्कासन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.3kShares
आजदेखि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, ४९ लाख कित्ता निष्कासन
ncell

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन सुरु गरेको हो।

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर कुल ४९ लाख कित्ता साधारण सेयर, प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थानीयतर्फ छुट्याइएको सेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। यसअन्तर्गत बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका (वडा नं. ४ र ५), बित्थडचिर गाउँपालिका (वडा नं. ६ र ८), बुंगल नगरपालिका (वडा नं. ३, ४, ५, ६ र ८), बैतडी जिल्लाको डिलासैनी गाउँपालिका (वडा नं. १ र २) तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका (वडा नं. १) का स्थायी बासिन्दाहरू समेटिएका छन्।

बाँकी ४ लाख ९० हजार कित्ता सेयर भने बझाङ, बैतडी र दार्चुलाका अन्य प्रभावित तर अति प्रभावित क्षेत्रमा नपर्ने वडाहरूका स्थायी बासिन्दाका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिनेछ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित स्थानीयका लागि आवेदन अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ भने सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म म्याद थपिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र आवश्यक परेमा चैत २४ गतेसम्म कायम रहनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धक, आयोजनास्थलको कार्यालय तथा तोकिएका बैंक शाखामार्फत आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?