National life

छुट्ला है! कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२४ चैत २०८२, मङ्गलबार
1.3kShares
छुट्ला है! कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौँ। कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई लक्षित गरी साधारण सेयर बिक्री खुला गरेको हो। यसका लागि नेपाल धितोपत्र बोर्ड बाट १ अर्ब ४० करोड रुपैयाँ बराबरको जारी पूँजीको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता सेयर (प्रतिकित्ता १०० रुपैयाँ) निष्कासन गर्न स्वीकृति प्राप्त भएको थियो।

कुल सेयरमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअन्तर्गत ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिइएको छ, जसमा बझाङ, बैतडी र दार्चुलाका विभिन्न स्थानीय तहका तोकिएका वडाहरू समावेश छन्।

त्यस्तै, बाँकी ४ लाख ९० हजार कित्ता ती स्थानीय तहभित्रकै अन्य वडामा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।

आवेदन दिन इच्छुक स्थानीयले बिक्री प्रबन्धकका साथै आयोजनास्थल र तोकिएका बैंकका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?