National life

चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल बजार दशैं अगावै पूरा गर्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
1.2kShares
चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल बजार दशैं अगावै पूरा गर्न निर्देशन
ncell

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले चोभारको निर्माण हुन लागेको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैं अगावै पूरा गर्न निर्देशन दिएका छन्।

शुक्रवार काठमाडौँको चोभारस्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षणका लागि पुगेका मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन्। उनले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिएका हुन् ।

अधिकारीले सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने संकेत गर्दै तोकिएको समय सीमाभित्रै निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण हुनुपर्ने उनको भनाई छ ।

उनले भने,‘मन्त्रालयको तर्फबाट हेर्छौँ। चाँडो भन्दा चाँडो भवन हस्तान्तरण हुनुपर्छ। अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔँ। विगतमा के भयो नगरौँ। आगामी दशैसम्म भवन उद्घाटन गर्नुपर्छ। हामी कोही हल्लाको पछाडि नलागौँ। कृषि मन्त्रालयको जमिन हो। मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गत केका लागि विगतमा ठेक्का लगाएको थियो। त्यही अनुसार काम हुन्छ।’

यता निर्माण पक्षले भने निर्माण सम्पन्न गर्न अझै १३ प्रतिशत काम बाँकी रहेको जनाएको छ । चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म ११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेको छ। लागत बढेर ३५ करोडबाट ४० करोड नाघिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?