प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा भएका विभिन्न चासोको विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अमेरिकाको १० दिने भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् ।
प्रधानमन्त्रीले नेपालको परिपूर्ण लोकतन्त्र, मानवअधिकार, सामाजिक सुरक्षालगायतका विषयमा प्रकाश पार्नुका साथै नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, जलवायु परिवर्तन र त्यसले हिमाली राष्ट्रमा पारेको प्रभाव तथा चुनौतीका सन्दर्भमा विश्वका राष्ट्रको ध्यानाकर्षण गराएका जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको १० दिने अमेरिका भ्रमणका क्रममा अमेरिकाका राष्ट्रपतिका साथै अन्य मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरूसँग पनि भेटवार्ता र नेपालको चासो र सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/oli.pdf"]


































