National life

जाँदा जाँदै गृहमन्त्रीले लामिछानेले भने 'गृह मन्त्रालयको गतिविधिमा मेरो नजर रहिरहने छ'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
623Shares
जाँदा जाँदै गृहमन्त्रीले लामिछानेले भने 'गृह मन्त्रालयको गतिविधिमा मेरो नजर रहिरहने छ'
ncell

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले आफू नेतृत्वको पार्टी (रास्वपा) ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताए ।

प्रचण्ड सरकार ढलेसँगै गृहमन्त्री रवि लामिछानेले आज आइतबार बिदाइ कार्यक्रम राखेका थिए । गृह सचिव, सुरक्षा निकायका प्रमुखहरू समेत उपस्थित कार्यक्रममा लामिछानेले ठुला दलहरू मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस्  भन्दै खबरदारी समेत गरेका छन् ।

कतिपय फरार अभियुक्त पक्राउ परेसँगै धेरै कुरा बाहिर आएको भन्दै उनले भने, ‘कयौँ कुरा बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल प्रहरीले र सीआईबीले तदारुकताका साथ काम गरोस् ।’

लामिछानेले भनेका छन् । ‘प्रतिपक्षमा छु यस पटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकि दुई ठुला दलहरू मिलेका छन्,’ लामिछानेले भने, ‘आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा (नजर), मेरो मन २४ घण्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको लामिछानेले उल्लेख गरे । उनले अगाडि भने, ‘अडियो, अरू थुप्रै कुराले पुष्टि हुने ठाउँ प्रशस्त थिए । अनुसन्धानका दुई कुनै शक्ति केन्द्रमा पुग्दा तपाइहरूको हात नकामोस् ।’

‘टीकापुर घटनाको अनुसन्धानमा कमी नआओस्’ प्रतिपक्षमा बसेर नियालिरहने उनले बताए। आफ्नै मेरो विषयमा पनि धेरै कुरा उठेको छ, भोलि पनि उठ्ने लामिछानेले बताए । ‘मैले आजसम्म आफ्ना विषयमा न यो गर्नुस्, त्यो गर्नुस् भनेको छु न मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट खोजेको छु’ आफ्नै गृहमन्त्रीलाई हतकडी लगाउन सक्ने साहस भरेको छु भनेर संसदमै भनेको स्मरण गर्दै उनले भने, ‘मन्त्री भएकै कारण अप्ठ्यारो परेको रहेछ भने आजैबाट गहन अध्ययन अनुसन्धान गर्नुस् ।’

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?