National life

ट्राफिक नियम उल्लङ्घन बापतको जरिवाना बढाउँछु : रवि लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
587Shares
ट्राफिक नियम उल्लङ्घन बापतको जरिवाना बढाउँछु : रवि लामिछाने
ncell

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हाल कायम ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन्। ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै लामिछानेले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् ।

‘रोड टेस्ट’ बिना लाइसेन्स दिने अहिलेको प्रणाालीमा सुधार गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले ट्राफिकलाई भत्ता दिने व्यवस्था गर्ने जानकारी दिएका छन् । उनले भने– ‘चालकसँग एक–दुई सय लिएर सङ्गठनको बेइज्जत नगर्नुस् ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सार्वजनिक यातायात सुधार गर्न पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सचेतना अभियान एक सातासम्म चल्नेछ।

अब ट्राफिक प्रहरीको बोली नरम र कारबाही कडा हुने उल्लेख गर्दै लामिछानेले दुर्घटना सङ्ख्यालाई पनि कार्य सम्पादकको विषय बनाउने बताए । उनले भने– ‘नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजानुपर्छ ।’

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?