National life

ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुलाउने घोषणा, के भन्छन् व्यवसायीहरू ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
540Shares
ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुलाउने घोषणा, के भन्छन् व्यवसायीहरू ?
ncell

काठमाडौं। नयाँ वर्ष २०८१ सँगै काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन्। बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने उल्लेख गरे ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए।

दरबारमार्ग जस्तो ठमेलमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको बताए । अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौति रहेको जानकारी दिए ।

स्वदेशी तथा विदेशी पर्यटकले २४ सै घण्टा ठेमलमा घुम्न, बस्न, खान सक्ने अनुभुति गर्ने बताए। परिषद्ले ठमेललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउनु चाहेको दाबी गरे । ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने जनाए। ठमेलको भगवान बहालमा स्थानीयको बसोवास भएकाले राति १० बजेदेखि बिहान ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने बताए ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिव २ सय व्यवसायी रहेको जानकारी गराएका छन्। उक्त स्थानमा करिव ७ हजार भन्दा बढीले रोजगारी पाएको बताएका छन् । दरबारमार्ग विकास बोर्डले विगत लामो समय देखिको प्रयास अहिले सफल हुन थालेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?