काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई रु २० लाख सहयोग गरेको छन् ।
आज एक कार्यक्रमका बिच शर्माले हेपाली हाइटमा रहेको डा.भगवान् कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर उक्त रकम बराबरको चेक डा.कोइरालालाई हस्तान्तरण गरेको हुन ।
रकम हस्तान्तरण गर्दै डा.शर्माले राज्यले गर्नुपर्ने काम डा.कोइरालाले गर्न लागेको थाहा पाएर कोइरालाको सम्मानस्वरुप आफूले उक्त रकम सहयोग गरेको बताएका हुन् । डा.कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ ।
गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौँमा एक सय शय्याको अस्पताल निर्माण गर्ने र त्यस पश्चात् लगत्तै सात वटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा.कोइरालाले जानकारी दिएका हुन ।


































