National life

दुनियाँले सुन्ने गरी भन्न चाहन्छौँ "भ्रष्टाचार गर्दैंनौं, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं'': प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
1.4kShares
दुनियाँले सुन्ने गरी भन्न चाहन्छौँ "भ्रष्टाचार गर्दैंनौं, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं'': प्रधानमन्त्री
ncell

काठमाडौँ । केही दिन अगाडि एक कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण र सुशासनसहित जनताको हितमा परिणाम देखिने काम गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भ्रष्टाचार नगर्ने र नसहने भन्दै प्रतिबद्धता जनाएका छन्।

आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कारबाही हुने उनले बताए।

‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौँ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौँ। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ। यसमा ढुक्क भए हुन्छ,’ प्रधानमन्त्री ओली ले भने

आफ्नो भनाइमा थप गर्दै प्रधानमन्त्री ओलीले भने ‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौँ। सहकारपीडितका सन्दर्भमा उचित निर्णय लिनेछौँ र जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ,’

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?