National life

नख्खु कारागारमा विपश्यना ध्यान केन्द्र स्थापना गृहमन्त्री श्रेष्ठले गरे उद्‌घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
908Shares
नख्खु कारागारमा विपश्यना ध्यान केन्द्र स्थापना गृहमन्त्री श्रेष्ठले गरे उद्‌घाटन
ncell

काठमाडौं। कारागार कार्यालय नख्खुमा निर्मित विपश्यना केन्द्र 'धम्मासय'को उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।

कारागार कार्यालय नख्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौँद्वारा आयोजित कार्यक्रममार्फत ४८ कैदी बन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन गरिने भएको छ।

योसँगै नेपाल विपश्यना केन्द्रले देशभरि १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ । नख्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए ।​

आफूलाई फेर्ने, स्वजागृति हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनले बताए । अग्रज रुपचन्द्र विष्टले आफूसँगको कुराकानीमा मानिसहरू सिद्धार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए ।

कैदी बन्दीहरूलाई सम्बोधन गर्दै उनले भने ुएकपटक गल्ती गर्नुभयो, अपराध गर्नुभयो। ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईँहरू आउनेछु, उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
908SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?