National life

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री राष्ट्रपति सहित शीर्ष नेताले दिए शुभकामना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ वैशाख २०८१, शनिबार
510Shares
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री राष्ट्रपति सहित शीर्ष नेताले दिए शुभकामना
ncell

काठमाडौँ। आजदेखि नेपालीहरूको नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षलाई नयाँ अवसरको रूपमा हेरिने गरिन्छ । यस अवसरमा आम जनमानसले आपसमा सद्भाव, मित्रतासाथ शुभकामना आदान प्रदान गरेर भव्य रूपमा मनाइरहेका छन्।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलले देश बासी नेपालीहरूलाई शुभकामना सन्देश दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नयाँ वर्षकै सन्दर्भमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, उपप्रधानमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछाने, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि शुभकामना सन्देश दिएका छन् ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो । बिक्रम सम्वत इस्वी सम्मत भन्दा पनि पुरानो सम्वत हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रूपमा विक्रम संवत् चलेको हो ।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ,राष्ट्रपति सहित पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी तथा डा.रामवरण यादव सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, उपप्रधानमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछाने, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायतका शीर्ष नेताहरूले शुभकामना दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?