काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहितको नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार आएको बताएका छन् ।
आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको ८औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी हुनुको साथै अर्थतन्त्रमा सुधार आएका बताएका हुन्।
बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बैठकमा ३५७ केन्द्रीय सदस्य, ७ प्रदेशका अध्यक्ष र ४ वटा केन्द्रीय आयोगका प्रमुख सहभागी छन् । बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राजतन्त्र पक्षधरप्रति कडा टिप्पणी गरिएको छ भने सत्तारुढ दल नेपाली कांग्रेसप्रति नरम नीति अवलम्बन गरिएको छ ।
राष्ट्रिय शक्तिहरू निर्णायक अवस्थामा हुनु पर्ने समयको खाँचो रहेको तर परिणाममा भने ती शक्तिहरू सापेक्षित रुपमा कमजोर हुन पुगेको आम निर्वाचनलगत्तै एमालेको निष्कर्ष रहेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।
पूर्णपाठसहित
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/01/8th-CC-Report-Political-readable-text.pdf" title="8th CC Report (Political) - readable text"]


































