National life

निजी क्षेत्रको अनुगमन अख्तियार र सतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न सक्दैन: ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
603Shares
निजी क्षेत्रको अनुगमन अख्तियार र सतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न सक्दैन: ढकाल
ncell

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको अनुगमन र निरीक्षण अीख्तयार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताएका छन् ।

‘अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी भएको अवस्था छ। रेमिट्यान्सहरू बढेर आएको छ। फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मौद्रिक नीतिपछि सेयर मार्केटको एक्टिभिटी बढेको छ। घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ। पोजिटिभ हिसाबले अघि बढिरहेको छ। यसलाई दिगो बनाउने हिसाबले अघि बढ्नुपर्छ,’ ढकालले भने

‘अख्तियार र सतर्कता केन्द्र सम्बन्धी विषयमा त्यसमा पनि निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसाबले राखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई हेरिराखेको छ। भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भूमिका नियन्त्रण हुन्छ।

निजी क्षेत्रलाई फेरि उसमा गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ,’ अध्यक्ष ढकालले भने।

सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिनसके अन्य अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने अध्यक्ष ढकालको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?