National life

 नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको छः अर्थमन्त्री पुन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
675Shares
 नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको छः अर्थमन्त्री पुन 
ncell

काठमाडौँ । नेपालका लागि फिनल्यान्डकी राजदूत रिना–रिक्का हेइक्का र अर्थमन्त्री वर्षमान पुनबिच शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री पुनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानुनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए। लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री पुनले आगामी वैशाख १६ र १७ मा काठमाडौँमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन लागिपरेको भन्दै त्यसमा सहयोग गर्न राजदूत हेइक्कासँग आग्रह गरे । नेपालमा जलविद्युत, ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री पुनले आग्रह गरेका छन् ।

मन्त्री पुनले दौत्य सम्बन्धको अर्ध वार्षिकी पार हुनै लाग्दा फिनल्यान्डले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ खाने पानीका क्षेत्रमा गर्दै आएको निरन्तर सहयोगका लागि नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिए। त्यस क्रममा राजदूत हेइक्काले लगानी सम्मेलनअघि नै युरोपेली संघ ९ईयू० को नोकिया बिजनेस कम्पनीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने जानकारी दिइन् । विगतमा मोबाइल कम्पनी सञ्चालन गरेको नोकियाले पछिल्लो समय सूचना प्रविधि र सफट्बेयरको क्षेत्रमा लगानी गर्दै आएको छ ।

फिनल्यान्डको शुद्ध पिउनेपानीको वितरण प्रणाली उच्चस्तरको रहेको भन्दे राजदूतले हेइक्काले त्यस क्षेत्रमा मिलेर काम गर्ने चाहना राखिन् । कर्णाली र मधेसमा स्वच्छ पिउने पानीका लागि फिनिस सरकारको सहयोगमा आयोजना सञ्चालनमा रहेको जानकारी गराएकी छिन् ।

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?