National life

पक्राउ पर्ने बित्तिकै हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
682Shares
पक्राउ पर्ने बित्तिकै हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन
ncell

काठमाडौँ । पक्राउ पर्ने बित्तिकै हिरासत छल्न विभिन्न रोगको बहानामा अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न । गृह मन्त्रालयले मातहतका निकायलाई ३ बुँदे निर्देशन दिएको छ ।

अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय देखिएकोमा जनस्तरबाटै प्रश्न उठ्ने गरेका स्मरण गर्दै त्यस्ता घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले उपप्रधान एवं गृहमन्त्री स्तरीय ३ बुँदे निर्णय गरेको हो ।

मन्त्रालयले शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तै: उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लग्नुपर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने-नपर्ने सम्बन्धमा निर्णय गर्नुपर्ने मन्त्रालयले जनाएको छ । यस्तै, अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउनु पर्ने पनि निर्णय गरेको छ ।

काउन्सिलले वैशाख २३ मा बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो । गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा.विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो ।

‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो । राज्यले त्यो हक सुरक्षित गर्छ नै । तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो’ गृहमन्त्री रवि लामिछानेले भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?