National life

पूर्व अर्थमन्त्री पुन भन्छन् 'निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नुपर्छ'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ साउन २०८१, बिहिबार
875Shares
पूर्व अर्थमन्त्री पुन भन्छन् 'निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नुपर्छ'
ncell

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् ।

बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भक्तपुरको टिमीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले नेपालको भूपरिस्थितिका कारण अरु क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताए ।

मुलुकको विकासको नीति बनाउँदा भूपरिस्थितिलाई ध्यानमा राख्नुपर्ने उनको भनाई छ । गत आर्थिक वर्षमा नेपालबाट १ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात भएको तथा नेपाली श्रम बजारमा हरेक वर्ष १० हजार सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थी थपिने अवस्था रहेको पुनको दाबी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘हामी करिब डेढडेढ अर्बको विशाल जनसंख्या र विशाल भूगोल भएका चीन र भारतको बीचमा छौं । यस्तोमा हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेको आइटीमा हो’, पुनले भने, ‘आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ । न समुद्र प्रयोग गर्नुपर्छ ।’ मन्त्री पुनले प्रतिस्पर्धी बन्न सक्ने देखेरै आपूले नयाँ आर्थिक वर्षको बजेटमा आफूले सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको उल्लेख गरे ।

सूचना प्रविधिपछि कृषि, पर्यटन, जलविद्युत र सिमेन्ट उद्योगले क्षेत्रीय बजारमा प्रतिस्पधाई गर्न सक्ने चर्चा उनले गरे । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १५ वर्षअघि जलविद्युत क्षेत्रको लगानीको श्रोत नखोज्ने र १५ वर्षसम्म लगातार आयकर नलिने नीतिगत व्यवस्था गरेका कारण आज मुलुक लोडसेडिङ मुक्त भएको तथा भारत र बंगलादेशको क्षेत्रीय बजारमा उपस्थिति जनाउन सक्ने अवस्था आएको उनले उल्लेख गरे ।

पुनले निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नेपर्ने बताए छन्। राज्यले सहजीकरण गर्ने र निजी क्षेत्रले ड्राइभिङ सिटमा राखेर मात्र मुलुकको अर्थतन्त्र माथि जान सक्ने औंल्याए । ‘सरकारमा रहँदा वा नरहँदा मेरो धारणा के हो भने ‘प्राइभेट सेक्टर’ लाई ड्राइभिङ सिटमा राखेर हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने भन्ने धारणा रहँदै आएको छ । यसको विकल्प छैन’, पुनले भने, ‘जति प्रतिस्पर्धी अर्थतन्त्र बनाउँछौं । प्राभइेट सेक्टर अगाडि बढ्छ र त्यसले ड्राइभ गर्छ, राज्यले सहजीकरण गर्छ । यो बाहेक कुनै पनि राजनीतिक दलले सोच्न हुन्छजस्तो मलाई लाग्दैन ।’

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?